देशव्यापी अन्तर वडा टेबलटेनिसको तयारी
कपन अनलाइन
काठमाण्डौ ,मङ्सिर ७।
अखिल नेपाल टेबलटेनिस संघको तत्वावधान तथा स्पिन इभेन्ट्स प्रा.लि. को आयोजनामा पाँचौं देशव्यापी अन्तर वडा टेबलटेनिस प्रतियोगिता पुस १ गतेदेखि हुने भएको छ ।
प्रतियोगितामा विभिन्न ११ स्पर्धामा प्रतिस्पर्धा हुने आयोजक स्पिनका अध्यक्ष सुमन शाक्यले जनाएका छन् । पुरुष÷महिला टिम, पुरुष÷महिला सिंगल्स, यु–१६ ब्वाइज÷गल्र्स सिंगल्स, भेट्रान ४० वर्षमाथि पुरुष÷महिला सिंगल्स, भेट्रान पुरुष ५० र ६० वर्षमाथि सिंगल्स तथा भेट्रान पुरुष ४० वर्षमाथि टिम इभेन्टमा प्रतिस्पर्धा हुनेछ ।
टिम इभेन्टमा बाहेक सबैमा नगद पुरस्कार राखिएको अखिल नेपाल टेबलटेनिस संघका कोषाध्यक्ष समेत रहेका स्पिनका सचिव ज्याकी महर्जनले जानकारी गराए । पुरुष÷महिला सिंगल्समा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ३० हजार, १५ हजार र ७ हजार ५ सय नगद पुरस्कार पाउने छन् । यु–१६ र भेट्रान सिंगल्सका विजेताले १० हजार, उपविजेताले ५ हजार र तेश्रोले २ हजार ५ सय नगद पुरस्कार हात पार्ने छन् ।
प्रतियोगितामा ४ सय बढी खेलाडीको सहभागिता रहने सचिव महर्जनले बताए । आयोजकका अनुसार प्रतियोगिता सञ्चालन गर्न करिब १७ लाख ५० हजार खर्च लाग्ने छ । पाँचदिने प्रतियोगिताका खेलहरु लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा खेलाइने छ ।
