चार मुक्तक : क्षितिज बिरु राना

चार मुक्तक : क्षितिज बिरु राना

कपन अनलाइन

काठमाण्ड,मङ्सिर ६।

यो यो ओठको बेलाबेला हाँसो हराउँछ
समाजको बेलाबेला जनचाँसो हराउँछ
आफुलाई आफै देखि धिकार लाग्छ किन
जिन्दगीको बेलाबेला गुनाँसो हराउँछ ।

जन्म पछि मृत्यु लेखेको हुन्छ थाहा छ
जिन्दगी पनि नसोचेको हुन्छ थाहा छ
आफ्नो भाग्य आफै कोर्न मिल्दैन हेर्नू
सुर्य पनि बादलले छेकेको हुन्छ थाहा छ ।

बिग्रेको छ तालमेल तनावग्रस्त छ
जिन्दगी पनि अचेल तनावग्रस्त छ
मलाई दिनरात उस्तै लाग्छ किन
जन्म पछि मरुन्जेल तनावग्रस्त छ ।

शिक्षा, स्वास्थ्य रोजगारको ग्यारेन्टी गर्नुपर्छ
देशमा सु शासन चाँहने सरकारको ग्यारेन्टी गर्नुपर्छ
मेरो देशमा विसंगति मौलाएको बेलामा
साम्य बनाउन भ्रष्टाचार ग्यारेन्टी गर्नु पर्छ ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।