चार मुक्तक : रोसन फुयाल
कपन अनलाइन
काठमाण्ड,मङ्सिर ६।
आश देखाएर लास नबनाउ न ए प्यारी
जिउदै स्वर्गको बास नबनाउ न ए प्यारी
साथ दिन्छु मात्र भन हात दिने म छु त,
तर एकहोरो फेर्ने सास नबनाउ न ए प्यारी ।
उस्लाई साचो माया दिएर गलत गरेछु मैले
सफा मुलको पानी पिएर गलत गरेछु मैले
न त कल न त मेसेज कस्तो माया हो यो,
फाटिसकेको मन सिएर गलत गरेछु मैले ।
प्रिय दुश्मन तिमीहरू म बाट टाढै बसे हुन्छ
आउदैछु तेहि गाउँ सबै कुना कुना पसे हुन्छ
चट्टान हुँ फोर्ने कोशिस कहिल्यै नगर्दा हुन्छ,
समाजमा विकृति ल्याउछौ भने खरानी धसे हुन्छ ।
मङ्िसर लाग्यो माया अब त सुरसार गर्नु प¥यो
कत्ति बस्छौ माईतिमा तिमिले पराई घर सर्नु प¥यो
तिम्रै पर्खाईमा आज मेरो जीवन अड्किएको हेर त,
माया तिम्रो त्यो शरिरमा बु्टे सारिको रङ्ग भर्नु प¥यो ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।
