चार मुक्तक : गंगा लिगल
कपन अनलाइन
काठमाण्ड,मङ्सिर ६।
हटाइ देउ सारा तिमिरलाई
बहन देउ पूर्ण समिरलाई
कष्ट सम्पूर्ण नाश हुँदै जान्छ
अनि प्रकाश भर्न देउ सूर्यलाई ।
अज्ञा ताले त बिकृती ल्याउछ
स्वच्छ सामथ्र्यको आकृति भ्याउछ
तसर्थ मास्नु पर्दछ अज्ञानता
अनि मानवमा जागृती आउँछ ।
जूनलाई ती घेर्ने ताराहरू
सुनसान तिनका पाराहरू
देखिन्छ झलमल पूर्णिामा
लाग्छ संविधानका धाराहरू ।
बसन्त आउदै जाँदै गर्छ जीवन जस्तै
समयको चक्र घुम्दै जान्छ जीवन जस्तै
जीवनको अपरिहार्यतालाई साथ दिन्छ
सबै बस्तु जाग्छ अनि मर्छ जीवन जस्तै ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।
