चार मुक्तक : सपना खड्का
कपन अनलाइन
काठमाण्ड,कार्तिक ३०।
कोहि फुलेर जान्छ्न त, कोहि ओइलिएर जान्छ्न
फुल्न नपाइ पारिजात झै ! बोटमुनी कुहिएर जान्छ्न
नारीको जीवन पनि त, बन्धन हो बाधिएको पिजडा
केही क्षणको मैनबत्तीको दिप झै!हराएर जान्छ्न ।।
लेख्न त मलाई नारी जिन्दगिको काहानी लेख्नु छ
बार्हृैमास बगिरहने आँसुको निशानी लेख्नु छ
अन्धकारको जेलमा कलम र मसि नभेटाएपछि
आँसु रगत मिसाएर पनि यो हातले बिहानी लेख्नु छ ।।
जिउनु पर्छ दुनियाँमा दुःख सुख आउदै जान्छ
धुलो रहेछ जिन्दगी उडाएर कहाँ पुगाइ दिन्छ
तातो तेलमा सेलरोटी झै घुम्दै पकायो समयले
बुझ्न कसले सक्छ र ? नसिबले के लेखी दिन्छ ।।
आँखाभरी आँसु लुकाइ हास्नुपरेको छ
चोटको खानी मनमा दबाइ खुल्नुपरेको छ
मन जलेको कसले देख्छ मोज छ भन्छ्न नि !
पिरैपिरको ब्यथा लुकाइ बोल्नुपरेको छ ।।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।
