१७ औ टीआईए कप बास्केटबल शुरु

१७ औ  टीआईए कप  बास्केटबल शुरु

कपन अनलाइन

काठमाण्डौ ,कार्तिक २१ ।
ठुङ्गरम इन्टरनेसनल एकेडेमी (टीआईए) को आयोजनामा १७ औं टीआईए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताशुरु भएको छ ।
‘शिक्षा र खेलकुदसंगै’ भन्ने नारालाई व्यहारमा उतार्ने उद्देश्यसहित हुन लागेको प्रतियोगितामा २८ विद्यालयका ४० टिमको सहभागिता रहने टीआईएकी प्रधानाध्यापक निरा प्रधानले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएकी छन।

ब्वाइजमा २४ तथा गल्र्समा १६ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गर्ने  सो प्रतियोगिताको उदघाटनमा बुढानिलकण्ठ नगरपालिका वडा नं ७ का अध्यक्ष बस नारायण महर्जन सहित विभिन्न विद्यालयका प्रतिनिधिहरुको उपस्थिति रहेओ थियो ।

तपाइँको प्रतिक्रिया ।