एसएलसीको परिक्षाफल प्रकाशित

३१ जेठ, काठमाडौ । परिक्षा नियन्त्रण कार्यालयले यसवर्षको परिक्षाफल प्रकाशित गरेको छ। पनिकाले आज पत्रकार सम्मेलन गर्दै उक्त परिक्षामा ४७.१६ प्रतिशत परिक्षार्थी उतीर्ण भएको जानकारी दिएको छ । नियमिततर्फ ४७.१६ प्रतिशत परिक्षार्थी उत्तीर्ण भएका छन् भने आंशिकतर्फ मात्र १३.७० प्रतिशत परिक्षार्थी उत्तीर्ण भएका छन् ।
परिक्षामा विशिष्ट श्रेणीमा १७ हजार ७ सय ६०, पहिलो श्रेणीमा ७७ हजार २५७, दोस्रो श्रेणीमा ९३ हजार ८३० र तेस्रो श्रेणीमा ८ हजार ७९१ जना उत्तीर्ण भएका छन्।
यसवर्षको एसएलसी परीक्षामा नियमित र एक्जाम्टेड गरी देशभरबाट कुल पाँच लाख २८ हजार दुई सय ५७ ले परीक्षा दिएका थिए। नियमिततर्फ ४ लाख ४५ हजार ९ सय ७४ र एक्जेम्टेडतर्फ ८२ हजार २ सय ८३ विद्यार्थी परीक्षामा सामेल भएका थिए । देशभर १ हजार ७ सय ४८ केन्द्रमा परीक्षा सञ्चालन गरिएको थियो ।
नियमिततर्फ कुल सहभागी – ४ लाख १९ हजार १९
उतिर्ण संख्या – १ लाख ९७ हजार ६ सय ३८ (४७.१६)
विशिष्ट श्रेणीमा उतिर्ण – १७ हजार ७ सय ६०
पहिलो श्रेणीमा उतिर्ण – ७७ हजार २ सय ९७
दोस्रो श्रेणीमा उतिर्ण – ९३ हजार ८ सय ३०
तेस्रो श्रेणीमा उतिर्ण –  ८ हजार ७ सय ९१
एक्जम्टेड तर्फ कुल सहभागी संख्या– ७६ हजार ९ सय ७९
उतिर्ण संख्या – १० हजार ५ सय ९५
पहिलो श्रेणीमा उतिर्ण  – १ सय २६
दोस्रो श्रेणीमा उतिर्ण – ७ हजार ५ सय ९५
तेस्रो श्रेणीमा उतिर्ण – २ हजार ८ सय २८
परिक्षामा पाँच नम्बर ग्रेस दिइएको छ ।
परीक्षाको नतिजा निम्न वेबसाइटबाट हेर्न सकिनेछ:
यस्तै परिक्षाफल एसएमएसबाट पनि प्राप्त गर्न सकिनेछ । त्यसका लागी तलको प्रक्रिया पुरा गर्नुपर्नेछ ।
TYPE SLC<SPACE>your symbol number & send it to 8080
तपाइँको प्रतिक्रिया ।