सहमती भए अध्यादेशमार्फत बजेट ल्याउन मिल्छ

काठमाडौ , ३० जेठ
प्रतिपक्षी दलहरुले बजेट लगायतका कुनैपनि अध्यादेश पारीत नगर्न आग्रह गरेपछि राष्ट्रपति डा रामबरण यादवले आज बिभिन्न अर्थबिद्धहरु छलफल गरेका छन् । अध्यादेशबाट बजेट ल्याउदा कुनै असर पर्ने या नपर्ने भन्ने बिषयमा राष्ट्रपतिले बिज्ञहरुको राय बुझेका हुन । दलहरु सहमतिको आधारमा अगाडि बढेमा अध्याधेश मार्फत बजेट ल्याउन सकिने सुझाब अर्थबिद्धहरुले दिएका छन् । राष्ट्रपति भवन शितलनिवासमा  भएको  छलफलमा करिब १ दर्जन अर्थबिद्हरुको सहभागीता रहेको थियो ।
यसैबिच , कांग्रस एमाले लगायतका २२ दलको बैठक आज पनि बस्ने भएको छ । सरकारले ल्याउन लागेका बिभिन्न अध्यादेशहरुको बिरोधमा नयां कार्यक्रम तयार गर्न सरकार बिपक्षका दलहरुको बैठक बस्न लागेको हो ।
कांगे्रस पार्टी कार्यालय सानेपामा साझ ५ बजे बस्ने सयुक्त बैठकले सहमतिको सरकार नबेने सम्म सरकरलाई बजेट लगायतका कुनै पनि अध्यादेश ल्याउन नदिने बिषयमा साझा धारण बनाउने बताईएको छ । हिजो कांग्रेस एमाले लगायतका दलहरुले राष्ट्रपति रामबरण यादवलाई भेटी सरकारले ल्याएका कुनैपनि अध्यादेशलाई पारित नगर्न आग्रह गरेका थिए ।

तपाइँको प्रतिक्रिया ।