सुनको चुरा : अनिता ढकाल ( लघुकथा )

सुनको चुरा :  अनिता ढकाल ( लघुकथा )

कपन अनलाइन

काठमाण्डौ ,कार्तिक १५।

पारिवारिक वातावरणमा सरिता र शालिकरामको विवाह सम्पत्र भयो । शालिकरामको घरबाट नानी र पानी भए पुग्ने दाइजो नचाहिने कुरा राखिएको थियो । सोही वचनलाई पक्का सम्झेर सरिताको घरबाट राख्नुपर्ने सामाजिक इज्जत र परम्परानुसार विवाह गरी छोरी अन्माएर पठाए। शालिकराम आमा नभएको टुहुरो सौतेनी आमाको छत्रछायामा हुर्केको थियो । लामो समय विदेश बसेर नेपाल आएको तर नेपालको सामाजिक व्यवहारिक ज्ञान नभएको केटा थियो ।
समयबित्दै गयो, शालिकरामको घरमा कुरा उठन थाल्यो बुहारीले के लिएर आइ भनेर । छिमेकी रमिलाले शालिकरामकी सौतेनी आमा प्रेममायालाई भन्छिन ए दिदी छोराको बिहे सकियो । सानै देखि सौतेनी छोरा हुर्कौयौ दाइजोमा गहना त राम्रै पायौ होली नि गज्जबको छडके तिलहरी दिएको देखेकी थिएँ । छडके तिलहरीसँगै सुनको चुराको आश गरेकी प्रेममाया रिसले भुत्भुताउँदै बोल्छिन हे बरै सौतेनी छोरा हुर्काए बढाए तर विवाहमा जाबो सुनको एकजोर चुरा पनि दिएनन् । छड्के तिलहरीले टार्नु पर्यो  ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।