मेरो साहित्यिक यात्राको सुरुवात : सुनिता अधिकारी

मेरो साहित्यिक यात्राको सुरुवात : सुनिता अधिकारी

कपन अनलाइन

काठमाण्डौ ,कार्तिक १५।

हर्बलको उत्पादनको झोला बोकेर बिक्रीमा निस्किँदाएकदिन काठमाडौँ सभा गृहमा मेरो भेट वरिष्ठ साहित्यकार मणिराज सिंह अंकल सँग भयो। त्यो भेट मेरो जीवनकै मोड बन्यो । मैले पहिले लेखेको एउटा सानो रचना उहाँलाई देखाएँ, उहाँले मुस्कुराउँदै भन्नुभयो —“छोरी, यो राम्रो सुरूवातहो, अब कार्यक्रममै वाचन गर ।” पहिलोपटक म डराउँदै उहाँले बोलाउनु भएको कार्यक्रममा गएँ, रचना वाचन गरेँ । त्यसपछि शब्दमा, भावनामा र आत्मविश्वासमा म बिस्तारै सुधारिँदै गएँ । दशैंमा उहाँको घर गएँ, आन्टी र अंकलदुवैबाट टिका लिएँ, उहाँले मलाई छोरी बनाउनुभयो । आजसम्मपनिउहाँ “छोरी” भनेर माया गर्नुहुन्छ । मलाई साहित्यिक यात्रामा यहाँसम्म ल्याउन मद्दत गर्ने मुख्य प्रेरणा– वरिष्ठ साहित्यकार आदरणीय मणिराज सिंह अंकल । उहाँले पिताको जस्तै माया, आशीर्वाद र प्रेरणा दिनुभयो । आज म धेरै खुशी छु ।अझै पनि साथ सहयोग पाइराखु अंकल ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।