दशा : रूपा रिसाल चालिसे (लघुकथा)
कपन अनलाइन
काठमाण्डौ ,कार्तिक १५।
हरि बाजे असी बर्षका भए उनै टिभी हेरेर कोठामा टोलाएर बसिरहे । बाहिर पनि निस्किन मान्नु हुन्न आजभोलि के भाको हो, बाहिर बरण्डामा घाम ताप्न आउनु हुन्छ अनि उहाँको कानै नेर गएर ठूलो स्वरले बोलाउनु पर्छ, ३–४ बर्ष भयो सुन्न छोडेको अलिअलि त सुन्नु हुन्छ इसारा गरेर ।
हरि बाजे– जिन्दगीमा यस्तो अलछिना बेला पनि आउँदो रहेछ जस्तै भएपनि सहनु पर्दो रहेछ । आज सबैका घर घरमा दशैं आयो तर ती आन्दोलनमा ज्यान गुमाएका युवाहरुको घरमा २०८२ को दशैँ नै दशा बनेर मडारिएको होला नि । तिनीहरुका बुवा आमाको मन मस्तिष्कमा पीडा भएको छ, आखिर विधाताको अगाडि केही लाग्दैन, जे भएपनि भोग्नै पर्ने रहेछ, हैन यस्तो चाडपर्व आउने बेलामा जेनजी आन्दोलन नगरेको भए आज यो स्थिति देख्नुपर्ने थिएन ।
बिदुर काका– हो नि दाइ तर हामीहरू जनता मात्रै भएर बाँच्न चाहन्छौ नि के ठिक र बेठिक छुट्याउन सक्दैनौं कहिल्यै पनि अहिले हेरे यी साना कलिला युवाहरू पनि भविष्यका लागि कति चिन्तित रूपमा चनाखो भएर लडेर जान खोजेका छन् भलै यिनीहरूको यति ठूलो नेटवर्किंग, जागरुकता र देशप्रतिको माया देखेर, आउँदा पुस्तालाई हामीले सिकाई रहनुपर्ने जस्तो लाग्दैन तर पनि, आमा बा पुस्ताको बानी पनि छाड्न सकेका छैनन् ।
रामबाबु – यी नेता बुढाखाडाहरुले रिटार हुने बेला भैसक्यो । यिनीहरुले कतिसम्म देश विगारेका छन् सबै भ्रष्ट भएर मुलुक खाइसके । जेनजी युवा पुस्ताले उठाएका सवालहरुको जवाफ दिने बेला आएको । भावी युवा जोस जाँगरको खाँचो छ हाम्रो देशलाई । सयौं युवा खाडी मुलुका दिन दिनै बाकसमा पनि आइरहेकै छन् नि बुवा । हजुरको जीवन कालमा यस्ता आन्दोलन कति देख्नु भो देख्नु तर राज्यमा आमूल परिवर्तन खैं । युवाका सोच विचार अनि तागतले फेरि आन्दोलनमा होमिएका छन् । आज आफ्नो कलिला सन्तान गुमाएका सारा नेपालीको दशामा अर्को पीडा पनि थपिएको छ ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
