चार मुक्तक : रमेश समर्थन

चार मुक्तक :  रमेश समर्थन

कपन अनलाइन

काठमाण्डौ ,कार्तिक १५।

गजेट पनि तिम्रै ग्याजेट पनि तिम्रै
रकेट पनि तिम्रै ¥याकेट पनि तिम्रै
तिम्रो महिमा त अपार रहेछ प्रभु !
बुलेट पनि तिम्रै ब्यालेट पनि तिम्रै ।

जब काम आइपर्छ कुनै कुनामा लुक्छ र हराउँछ
भेटिए पनिमसी सकियो भनेर कुइँकुइँ कराउँछ
यस्तो कलमलाई कुच्याएर र बुच्याएर फालिदिन्छु
जो सधैँ सत्य कुरा लेख्नुपर्दा खुम्चिन्छ, डराउँछ ।

आफ्नादाँतमाउनीहरू फेरि विष जुटाउँदै छन्
चामलै नभएको कडकरी भुस कुटाउँदै छन्
आफूबाहेकबाँचेको र हाँसेको देख्न नसकी
हेर्नु है, विषधरहरू फेरि फणा उठाउँदै छन् ।

अर्काको घरमा आगो झोसेर आफ्नाहात सेकाउँछन्
अर्काको निन्दामात्रअनिआफ्नो प्रशंसा लेखाउँछन्
एउटा औंलो सोझ्याएर अरूकाकति दोष देखाऊँ म
आफ्नै तीनवटा औंलाले त आफ्नै दोष बढी देखाउँछन् ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।