चार मुक्तक : लक्ष्मी ढकाल
कपन अनलाइन
काठमाण्डौ ,कार्तिक १५।
१.मुक्तक
उज्यालो हुन्छ मन सदैव जहाँ रात हुँदैन
जब सम्बन्धमाकुनै पनिपक्षपातहुँदैन
यसर्थ मजबुत हुनुपर्छ विश्वासको छानो
मान्छे त के इश्वरको छुटाउने हातहुँदैन ।
२. मुक्तक
आँखाले उज्यालो खोज्दै गर्दा दृश्यमाकालो आउँछ
जहिले समथर मिल्दैन बाटो उकालो ओरालो आउँछ
डुब्दै गरेको घाम हेर्नू जीवनबाट निरास भएको बेला
समय न हो घुमीफिरी एकदिन सबैको पालो आउँछ ।
३. मुक्तक
नदेखाइदुःख वैसाखी टेक्दै हरपलउभिएर भएपनि
सन्तानको खुसीभर्न खोज्छिन् आमा रित्तिएर भएपनि
टेकेको हाँगाभाँचियोस् न बरू नलाछियोस् समाएको
आखिर चलिरहन्छ जिन्दगीपलपल झुण्डिएर भएपनि ।
४. मुक्तक
कस्तो खान मन छ भन्ने रहर सोधियो
शरीरका पीडा साथै असर सोधियो
आधा रोग वचनबाट निको हुँदोरहेछ
सम्झिएकै मान्छेबाट खबर सोधियो
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।
