सुधार : ढाकामोहन बराल (लघुकथा)

सुधार : ढाकामोहन बराल (लघुकथा)

कपन अनलाइन

काठमाण्डौ ,कार्तिक १।

“डिजाइन तयार भयो ।” ल्याबटप उनको अगाडी देखाउँदै ईन्जिनियरले भने ।
“धेरै नै मेहनत गर्नु भा रहेछ ।” उनले भने ।
“म मात्र होइन, हामी प्राविधिकहरुको टीम नै लागेर बनाएको हो नि ।” इन्जिनियरको भनाइ थियो ।
“पुरानो पनि स्टक्चर राम्रो थियो नि ।” उनले भने ।
“हैन, जलेपछि त कमजोर भयो नि, मर्मत गरेर बेचे हुन्छ ।” इन्जिनियरको सल्लाह थियो ।
आफूँले बनाउन लागेको आफ्नो नयाँ घरको नक्सा इन्जिनियरसँग बसेर अवलोकन गर्दै थिए, उनी । उनका हरेक प्रश्नको जवाफ दिँदै थिए, ईन्जिनियर ।
“धेरै राम्रो मेहनत गर्नु भा रहेछ, सबै कुरा ठिक छ यौटा अलिकति करेक्सन गर्नु पर्ने देखियो ।” उनले भने ।
“कसो गरौँ होला ?” इन्जिनियरले सोधे ।
उनले भने, “बेला बेलामा भइरहने आन्दोलनलाई हामीले पनि विचार गर्नु पर्ने भयो । दङ्गाफसाद हुँदा समेत आगो पनि नलाग्ने, सहजै नभेटिने गरेर पैसा जम्मा गर्न मिल्ने भूमिगत गोदामको डिजाइन थप्नु पर्यो ।”

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

 

तपाइँको प्रतिक्रिया ।