मनास्लु वर्ल्ड कलेजलाई बेलायतमा नेपाल एजुकेशन अवार्ड २०२५

मनास्लु वर्ल्ड कलेजलाई बेलायतमा नेपाल एजुकेशन अवार्ड २०२५
कपन अनलाइन
काठमाण्डौ, असोज २९।

बेलायत स्थित ग्रिनविच विश्वविद्यालयमा सम्पन्न नेपाल एजुकेशन अवार्ड २०२५ बेलायतमा मनास्लु वर्ल्ड  कलेजलाई  वेस्ट + प्लस्टु फर एकेडेमिक एक्सिलेन्स (Best +2 for Academic Excellence Award 2025) ले सम्मान गरिएको छ  ।

वेलायतका लागि नेपालका राजदुत चन्द्र कुमार घिमिरेको प्रमुख आतिथ्यता   र ग्रिनविच विश्वविद्यालयका उप कुलपति प्राोफेसर जेन ह्यारिङटनको विशेष अतिथि रहेको उक्त कार्यक्रममा मनास्लु वर्ल्ड  कलेजका तर्फवाट अध्यक्ष गेन्द्र लामाले सम्मान ग्रहण गरेका थिए  ।  नेपालका विभिन्न शैक्षिक संस्थाहरूले समेत विभिन्न बिधारुमा सम्मान पाएका थिए  । यस अवार्ड कायक्रमको चौथो संस्करलाई वेलायत स्थित ग्रिनविच कलेजको सहकार्यमा कलेज रिडर्सले आयोजना गरेको हो ।

विभिन्न विधागत रूपमा उत्कृष्टता र मुल्याङकनको आधारमा यस अवार्ड वितरण गरिएको निर्णायक मण्डलका प्रमुख मधेश विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. दिपक बहादुर शाक्यले बताए । यस प्रकारका कार्यक्रमले नेपालको शैक्षिक क्षेत्रको उन्नयन हुने प्रमुख अतिथिले बताएका थिए  ।

तपाइँको प्रतिक्रिया ।