वीर अस्पतालका लेखा अधिकृत घुस रकमसहित नियन्त्रणमा
कपन अनलाइन
काठमाण्डौ, असोज २७।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वीर अस्पतालका लेखा अधिकृत ढुंडी राज दाहाललाई घुस रकमसहित नियन्त्रणमा लिएको छ।
आयोगका अनुसार दाहालले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पतालमा कार्यरत रहँदा विभिन्न सप्लाय कम्पनी र ठेकेदारसँग बिल भुक्तानीका क्रममा रकम माग गर्दै आएको सूचनाका आधारमा निगरानी गरिएको थियो।
सोही क्रममा दाहालले बिल भुक्तानीको सुविधा दिलाइदिने बहानामा रु. १ लाख २० हजार ८५० घुस रकम लिँदै गर्दा आयोगको टोलीले नियन्त्रणमा लिएको हो।
आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलका अनुसार दाहाललाई पक्राउ गरी थप अनुसन्धान भइरहेको छ।
तपाइँको प्रतिक्रिया ।
