माओवादीलाई समाप्त नगरेसम्म देशले निकास पाउदैनः ओली

काठमाडौ , ३० जेठ
नेकपा एमालेका नेता केपी ओलीले माओवादीलाई समाप्त नगरेसम्म देशले निकास पाउन नसक्ने दाबी गरेका छन् । माओवादीले देशलाई अधोगती तर्फ लगेको भन्दै ओलीले माओबादी र उग्रबामपन्थीलाई सखाप पार्नु पर्ने बताए ।
भक्तपुरमा रक्त सञ्चार क्लबले आज आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा बोल्दै नेता ओलीले माओबादी सत्ता कब्जाको घिनलाग्दो खेलमा लागेको आरोप लगाए । अहिलेको नेतृत्वले देशमा निकास सम्भव नभएको दाबी गर्दै नेता ओलीले सरकारको नेतृत्व अन्य पार्टीले गर्दामात्र वर्तमान अन्यौंलपूर्ण राजनीतिको निकास निकाल्न सकिने जिकीर गरे ।
उनले माओवादीका अध्यक्ष प्रचण्डको उदण्ड अभिव्यक्ति र प्रधानमन्त्री बाबुराम भट्टराईको गलत क्रियाकलापले देशलाई थप द्वन्द्व र मुठभेठमा धकेलेको आरोप समेत लगाए ।
कार्यक्रममा युवा संघ नेपालका अध्यक्ष महेश बस्नेतले सरकारले अध्यादेशबाट बजेट सार्वजनिक गरे युवासंघ र विद्यार्थी संगठनले त्यसको कडा प्रतिवाद गर्ने चेतावनी दिए ।

तपाइँको प्रतिक्रिया ।