गरिमा क्यापिटलको अध्यक्षमा अनिल रेग्मी निर्वाचित
कपन अनलाइन
काठमाण्डौ ,असोज १०।
गरिमा क्यापिटलको अध्यक्षमा अनिल रेग्मी निर्वाचित हुनुभएको छ ।
बिहिवार काठमाडौको लेमन ट्री होटलमा भएको १० औं साधारणसभा बाट संचालक निर्वाचित हुनुभएका रेग्मीलाई बोर्डको पहिलो बैठकले अध्यक्ष चयन गरेको हो ।
संस्थापक सेयर सदस्यहरुवाट रेग्मी सहिसुरेस कुमार श्रेष्ठ, शेर बहादुर बुढाथोकी र सुनिल कार्की निर्वाचित भएका छन ।
साधारणसभालाई सम्बोधन गर्दै गरिमा विकास बैंकका सस्थापक अध्यक्ष जलेश्वर पाण्डेले गरिमा क्यापिटलको विगत स्मरण गराउदै क्यापिटल यहाँसम्म ल्याउन अहिलेको टिमको ठूलो भुमिका रहेको उल्लेख गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै गरिमा विकास बैंकका अध्यक्ष दिलिप प्रताप खाणले नेपालको परिवेश अनुसार गरिमा ग्रुप चलेको हुँदा यस ग्रुपबाट संचालन भएका सबै व्यवसायहरु प्रगतिको बाटोमा गएको धारणा राखेका थिए ।
तपाइँको प्रतिक्रिया ।
