श्री प्रगतिशील आधारभूत विद्यालयमा शिक्षक आवश्यकता

श्री प्रगतिशील आधारभूत विद्यालयमा शिक्षक आवश्यकता

कपन अनलाइन

काठमाण्डौ ,असोज १०।

 ढोरपाटन नगरपालिका–६, कुडुम, अधिकारचौरस्थित श्री प्रगतिशील आधारभूत विद्यालले शिक्षक आवश्यकता रहेको सूचना प्रकाशित गरेको छ।

विद्यालय व्यवस्थापन समितिको निर्णयअनुसार विद्यालयले दुई जना शिक्षक नियुक्ति गर्न खुला दरखास्त आह्वान गरेको हो। दरखास्त पेश गर्ने अन्तिम मिति २०८२ असोज १५ गतेसम्म तोकिएको छ।

पद तथा विवरण

  • पद: शिक्षक (सम्पूर्ण रुपमा अनुदान)

  • संख्या: २ जना

  • शैक्षिक योग्यता: मान्यता प्राप्त शिक्षण संस्थाबाट सम्बन्धित विषयमा स्नातक तह उत्तीर्ण र अध्यापन अनुमति पत्र प्राप्त गरेको।

  • उमेर सीमा: १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको।

परीक्षा विवरण

  • परीक्षा प्रकार: लिखित, अन्तर्वार्ता र कक्षा प्रदर्शन

  • परीक्षा शुल्क: रु. १,०००

  • परीक्षा मिति: २०८२ असोज १६ गते

  • परीक्षा केन्द्र: विद्यालय परिसर, श्री प्रगतिशील आधारभूत विद्यालय, कुडुम, बागलुङ

आवश्यक कागजातहरू

  • शैक्षिक प्रमाणपत्रको प्रतिलिपि

  • नागरिकताको प्रमाणपत्र

  • अध्यापन अनुमति पत्र

  • पासपोर्ट साइज फोटो २ प्रति

  • दरखास्त फारम

विद्यालयका प्रध्यानाध्यापकले जानकारी दिनुहुँदा योग्य र इच्छुक नेपाली नागरिकलाई तोकिएको मितिभित्र सम्पूर्ण कागजातसहित दरखास्त दिन आह्वान गरिएको जनाइएको छ।

तपाइँको प्रतिक्रिया ।