श्री कालिदेवी माध्यमिक विद्यालयमा विज्ञान शिक्षक आवश्यक
कपन अनलाइन
काठमाण्डौ ,असोज १०।
महाभारत गाउँपालिका–२, काभ्रेपलाञ्चोकस्थित श्री कालिदेवी माध्यमिक विद्यालयले विज्ञान विषयका लागि शिक्षक आवश्यक भएको जानकारी प्रकाशित गरेको छ। विद्यालय व्यवस्थापन समितिको निर्णयअनुसार सो पदका लागि दरखास्त आह्वान गरिएको हो।
विद्यालयले २०७८/०५/१७ गतेको निर्णयअनुसार विज्ञान विषयक शिक्षक नियुक्त गर्ने प्रक्रिया अघि बढाएको हो। दरखास्त दिने अन्तिम मिति २०७८ असोज १२ गतेसम्म रहनेछ।
विवरण यसप्रकार छन् :
विज्ञापन नं.: २०७८/०७९–०२ पद : माध्यमिक तह, विज्ञान विषय
आवश्यक संख्या : १ जना शैक्षिक योग्यता : मान्यता प्राप्त शिक्षण संस्थाबाट स्नातक वा सो सरह उत्तीर्ण अन्य : नेपाल सरकारद्वारा तोकिएको मान्यता दरखास्त शुल्क : रू. १,००० दरखास्त दिने स्थान विद्यालय नै तोकिएको छ।
लिखित र अन्तर्वार्ता परीक्षा असोज १४ गते हुनेछ। आवेदकले नागरिकता प्रमाणपत्र, शैक्षिक प्रमाणपत्र र अन्य आवश्यक कागजातसहित दरखास्त पेश गर्नुपर्नेछ। विद्यालयले सम्पर्कका लागि kalidevisskupintar@gmail.com वा mrmedusection@gmail.com प्रयोग गर्न सकिने जनाएको छ। सम्पर्क नम्बर : ०११–४९२३४२, ९८४३२९००१९
