मुक्तकहरू : शर्मिला बुढाथोकी
कपन अनलाइन
काठमाण्डौ,असोज ४।
मुक्तक १
यो बिरानो सहरमा पसेर मात्र के गर्नु
कामकाज छैन यहाँ बसेर मात्र के गर्नु
यो गर्छु त्यो गर्छु भन्दाभन्दै दिन बित्छ,
अर्काको लहैलहैमा फसेर मात्र के गर्नु ।
मुक्तक २
यो जिन्दगी कि त वार कि त पार हुनुपर्छ
अघि बढ्नलाई पनि त राम्रो बिचार हुनुपर्छ
एकैपटकमा सफल त को भएको छ र यहाँ,
पढाइ सँगसँगै मिहेनत पनि त बारम्बार हुनुपर्छ ।
मुक्तक ३
संघर्ष ग¥यो भने मात्र त फल मिठो हुन्छ होला
गरिकन पनि भएन भने यो मन कति रुन्छ होला
अब केही गर्न सक्छु भनी सबैलाई देखाउनु छ,
मेरो मिहेनतले सफलताको सिखर छुन्छ होला ।
मुक्तक ४
किसान पनि खुशी हुन्छन् धानको बाला झुल्दा
भमरा पनि रमाउने गर्छन् बगैंचामा फूल फुल्दा
हाम्रो देश चार जात छत्तीस बर्णको फुलबारी हो,
पर्यटक पनि आनन्द लिन्छन् फूल बारिमा डुल्दा ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
