मुक्तकहरू : लालकुमारी पुन

मुक्तकहरू : लालकुमारी पुन

कपन अनलाइन

काठमाण्डौ,असोज ४।

मुक्तक १
बेरोजगार र भ्रष्टचारले सीमा नाघेपछि
शासकले दलालीको काँध थापेपछि
जुरुक्क उठेका हुन् यहाँ जेन–जीहरू,
गोलि चलाई सरकारले शिर काटेपछि ।
मुक्तक २
भ्रष्टाचार निर्मुल पार्न सडक तातेको छ
नयाँ क्रान्ति ल्याउन युवा जागेको छ
खैर ! यो सामन्ती सरकार जनता माथि,
आवाज दमन गर्नलाई गोलि हानेको छ ।
मुक्तक ३
नेतृत्व लिन युवाहरूले आँट गर्नु स्वभाविक हो
शान्तिका लागि नै सचेतना छर्नु स्वभाविक हो
राष्ट्रमा केहि न केही योगदान दिनुपर्छ बेलैमा,
प्रकृतिमा मानिस जन्मनु र मर्नु स्वभाविक हो ।
मुक्तक ४
पदीय लुछाचुँडीमा नै समय खेर फाल्नु हुँदैन
अपमान र असमानताको कदम चाल्नु हुँदैन
निर्दोष सर्वहाराको रगत बगेको छ सडकमा,
भ्रष्टलाई कोचौँ निर्दोशिलाई जेल हाल्नु हुँदैन ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।