चार मुक्तकहरू : सुनिता बराल
कपन अनलाइन
काठमाण्डौ,असोज ४।
मुक्तक १
उसले दिएको अमृत पनि जहर लाग्दै छ
तर पनि किन किन जिउँने रहर लाग्दै छ
जुन दिनदेखि ऊ स्वार्थी लाग्न थाल्यो,
त्यही दिनदेखि जीवन कहर लाग्दै छ ।
मुक्तक २
हामीले चर्केका मनहरू जोड्न सक्नु पर्छ
सङ्घर्षका पहाडहरू फोड्न सक्नु पर्छ
समस्याबाट भाग्नु हुन्न कहिल्यै पनि,
परिस्थिति हेरी बाटो मोड्न सक्नु पर्छ ।
मुक्तक ३
थकाइमा खुल्ला जमिन पनि बास लाग्छ
त्यही पराले झुपडीको पनि आस लाग्छ
समय सबैको एकैनास कहाँ हुन्छ हजुर
दीन लागेमा दुःखै दुःखको ह्रास लाग्छ ।
मुक्तक ४
आजकल गाउँमा पनि अभावको लहर छ
सबैलाई चयनले बाँच्न यहाँ कहर छ
प्रदूषण महङ्गी र कोलाहल भएता पनि
सबैको रोजाईमा परेको यही सहर छ ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।
