चार मुक्तकहरू :गंगा लिगल
कपन अनलाइन
काठमाण्डौ,असोज ४।
हटाइ देऊ सारा तिमिरलाई
बहन देऊ पूर्ण समिरलाई
कष्ट सम्पूर्ण नाश हुँदै जान्छ
अनि प्रकाश भर्न देऊ सूर्यलाई ।
अज्ञानताले त विकृती ल्याउछ
स्वच्छ सामथ्र्यको आकृति भ्याउछ
तसर्थ मास्नु पर्दछ अज्ञानता
अनि मानवमा जागृती आउँछ ।
जूनलाई ती घेर्ने ताराहरू
सुनसान तिनका पाराहरू
देखिन्छ झलमल पूर्णिामा
उज्यालो पार्दै घरका ति गाराहरू ।
बसन्त आउदै जाँदै गर्छ जीवन जस्तै
समयको चक्र घुम्दै जान्छ जीवन जस्तै
जीवनको अपरिहार्यतालाई साथ दिन्छ
सबै वस्तु जाग्छ अनि मर्छ जीवन जस्तै ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।
