नायिका जेसिकाको आत्महत्या

 काठमाडौँ, जेठ ३०,  नायिका जेसिका (ज्योति) खड्काको शवलाई अहिले पोस्टमार्टमका लागि महाराजगञ्जस्थित शिक्षण अस्पताल पुर्‍याइएको छ। काठमाडौँको झोँछेस्थित डेरामा उनको शव प्रहरीले आज बिहान भेट्टाएको थियो।
कान्तिपुर टेलिभिजनबाट प्रसारण हुने ‘तीते करेली’मार्फत् अभिनय यात्रा अगाडि बढाएकी ज्योति यौन भिडियो सार्वजनिक भएपछि चर्चामा आएकी थिइन्। तर समय क्रमसँगै उनले विवाद सामना गर्दै अभिनय यात्रा अगाडि बढाएकी थिइन्। २ वर्षअघि उनको प्रमुख भूमिका रहेको  जंगल क्विन चलचित्र बजारमा आएको थियो।  यसैको सिक्वेलका रुपमा जंगल क्विन २ प्रदर्शन हुने क्रममा थियो।

डेरामा भाइसँग रहँदै आएकी जेसिकाले आत्महत्या गरेको अनुमान प्रहरीले गरेको छ।  उनीसँग राति २ बजे मोबाइलमा कुरा गर्ने एक प्रोडक्सन म्यानेजरलाई प्रहरीले सोधपूछका लागि नियन्त्रणमा लिएको छ। यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।

तपाइँको प्रतिक्रिया ।