नेपाल हाम्रो घर : नवराज न्यौपाने ’मौन’ (कविता )
कपन अनलाइन
काठमाण्डौ,भाद्र २८।
शोभा यो सुरिलो छटा प्रकृतिको हेमाद्रिको काखमा
यस्तो सुन्दरताअपार जगमामिल्लाकतै लाखमा
संसारी ममता छ आजमनमाभाक्दै गएँ ईश्वर
लाखौंंलाख समान यो भुवनमा नेपालहाम्रो घर ।।१।।
हेर्दामा पनिशान्तशान्तअति नै सौन्दर्यले शोभित
आँखा लठ्ठ भए पराइजनका घुम्दा सबै मोहित ।
यस्तो सुन्दरताभएर पनि खै खाद्यान्नमानिर्भर
मिल्दै आज जुटौंबिकास पथमा नेपालहाम्रो घर ।।२।।
जाग्नै पर्दछ है महानदिलले यो देश चम्काउन
आफ्नै संस्कृति छन् विशाल मनले यो देश गम्काउन ।
पोखौं है पसिनायहीमुलुकमा कोहीनजाऊ पर
हाँस्दै राष्ट्र बनाउने युवक छन् नेपाल हाम्रो घर ।।३।।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।
