हाम्रो बानेश्वर : समीर अधिकारी (कविता )
कपन अनलाइन
काठमाण्डौ,भाद्र २८।
काठमाडौँको मुटुमै छ यो सुन्दरताले भरिएको पवित्र ठाउँ
बाणेश्वर महादेवको काखमा रहेकाले बानेश्वर यसको नाउँ
उहिल्यै सत्ययुगमा देवताहरूले यहाँआई विचरणगरी गएका
पुराणादिमा पनि छ यस पुण्यभूमिका बारेमा उल्लेखभएका
पूर्व र दक्षिण बागमतीपश्चिमतर्फ रुद्रमती
उत्तरतिर विराजमाननाथकानाथपशुपति
रमाइलो अनि घमाइलो मिलेको यसको अवस्थिति
सबै जाति धर्म र भाषाको समावेशी छ उपस्थिति ।
यसै भूमिले जन्मायो कयौंविद्वान बुद्धिजीवी प्रखर
तिनकै योजनाले ल्याएमुलुकमा परिवर्तनका लस्कर
चौडा बाटाघाटा अनिझिलमिल सुविधा सम्पन्नशहर
आकर्षणको केन्द्र हो यो अड्छन् यसैमा सबैका नजर।
कार्यका शिलशिलामा केहि छिन गुँडछोडी कतै गएपनी
या बाध्यताबस प्रवाशीनेपालीको रूपमाकतै रहेपनी
जसोगरुँजताजाउँ सम्झिने तर आफ्नै जन्मघर
संसारभरमै अति नै प्यारो हाम्रो आफ्नै बानेश्वर ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
