सारा जीवनझल्ल छ : त्रिलोचन आचार्य (कविता )

सारा जीवनझल्ल छ : त्रिलोचन आचार्य (कविता )

कपन अनलाइन

काठमाण्डौ ,भाद्र २१।

मान्छे हो किनभन्दैछौ यहाँ छैनकुनै कुरा
त्यो सुन्दालाजमानेर झुक्छन् पर्वत टाकुरा
के छैन र यहाँ साथी माटो दिव्यपवित्र छ
आस्थाआदिमको चोखो कन्दरा फाँट भित्र छ

रोजे उत्साहको बीउ बन्छ खेत हराभरा
उद्यमीपुत्रजन्मेनन् भन्दैछिन् यी बसुन्धरा
खेत बाँझो भएका छन् जीर्ण छन् घरका धुरी
युवा टाढा भएकाले भुक्यो सौन्दर्य माधुरी

नजाउँ पर आमाको आँसुले पोल्छ भत्भती
बाबाको मन दुख्दैछ भन्दैछन् हुन्छ छट्पटी
एक्लासमा परेँ भन्छ गोधूलि साँझले पनि
रोजगारी यतै जुट्थ्यो जगाउन सके धुनी

यो चोखो भक्तिको बाटो वीरत्व जग्मगाउँछ
यै सीता भृकुटी खेल्ने पाटो चम्कन पाउँछ
पोखेमा श्रमकाथोपायहीँ नै सुन फल्दछ
पाएमा दरिलो हात सारा जीवनझल्ल छ

उज्यालो छ कहाँ सोध ऋषिमहर्षि साथ हे
कहानीलेख्दछौँ हामी भन्छन् नदी र तालले
हिमालीशृंखला भन्छन् मैलिँदैनौँ कसैगरी
दारिद्रता उसै भागोस्इन्द्रेनीदिव्यमञ्जरी

यी सबै चाहनाभर्न आफैँ जाग्नु प¥यो अब
भरौलाअन्नकादानाआफैँभर्नु पर्नु प¥यो अब
सभ्यताको खुलोस् ढोका आफैँ उठ्नु प¥यो अब
ब्वाँसा शोषकका होलान् तान्दै चुट्नु पर्यो  अब ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।