चरालाई माया गर : विनोद अधिकारी (कविता )
कपन अनलाइन
काठमाण्डौ ,भाद्र २१।
बगैचाको रुखमाथि,
सानी सानी चरी,
जुरेलीहो, भुुर्र उड्छे
यताउता गरी ।। १ ।।
चिरबिर गर्छे सँधै
कति मिठो बोली,
टप्प टप्पचारा टिप्छे
चुच्चो खोलीखोली ।। २ ।।
गुडमा त्यसकाबचरा छन्
चिउँचिउँ गर्छन्,
आमागई चारा दिन्छे
अनि पेट भर्छन् ।। ३ ।।
चरालाइहान्नहुन्न
गुलेलीले हेर
रोएभने चराचुरी
पाप लाग्छ धेर ।। ४ ।।
चरालाई माया गर
चरा हाम्रा साथी,
राम्रो बानीलिने मान्छे
सँधै हुन्छ माथि ।। ५ ।।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।
