नेकपा एमालेको सचिवालय बैठकमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको फरक मत

नेकपा एमालेको सचिवालय बैठकमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको फरक मत

कपन अनलाइन

काठमाण्डौ ,भाद्र २०  ।

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सचिवालय बैठकमा फरक मत पेश गरेका छन् ।

पूर्वराष्ट्रपति एवं पार्टी पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीको सदस्यता नरहने गरी गरिएको निर्णय सच्याउन माग गर्दै सचिवालय बैठकमा फरक मत पेश गरेका हुन्  ।

पोखरेलले आफ्नो फरक मतमा भनेका छन,‘केन्द्रीय कमिटीको बैठकमा छलफलको कार्यसूचीमा समेत नराखिएको पूर्व उपाध्यक्ष / पूर्व राष्ट्रपति कमरेड विद्यादेवी भण्डारीको २०८१ सालको प्रारम्भमै केन्द्रीय संगठन विभागद्वारा नवीकृत गरिएको पार्टी सदस्यता खारेज गर्ने निर्णय सुनाइएको थियो ! मेरो विचारमा त्यस्तो निर्णयले पार्टीभित्र अस्वस्थता र स्वेच्छाचारीतालाई बढावा दिने काम गर्नेछ । यो राजनीतिक पूर्वाग्रहको एउटा गम्भीर दृष्टान्तको रूपमा पनि उल्लेख हुनसक्छ । लोकतन्त्रका विश्वव्यापी मान्यता तथा अभ्यास, नेपालको संविधान तथा प्रचलित कानून अनुसार कुनै पनि नागरिकको राजनीतिक अधिकारमाथि बन्देज लगाउन मिल्दैन’, उनको भनाइ छ ।’

संगठन विभागबाटै सदस्यता नवीकरण गरिएको अध्यक्षसहित भण्डारीको पटक-पटक भएका आपसी सम्वाद र पार्टी राजनीतिमा पुनः जोडिने विषयमा भएका गरिएका र सार्वजनिक संचार माध्यममार्फत बाहिर आएका अध्यक्षका अभिव्यक्तिलाई पनि पोखरेलले दृष्टान्तका रुपमा  प्रस्तुत गरेका छन् ।

 

तपाइँको प्रतिक्रिया ।