स्वप्नद्रष्टा : डा. टीकाराम पोखरेल (लघुकथा)
कपन अनलाइन
काठमाण्डौ ,भाद्र १४।
ऊ स्वप्नद्रष्टा थियो ।
राजनीतिगर्ने मान्छे त्यसमाथि नेतृत्वतहमापुगेपछि स्वप्नद्रष्टा हुनु अपराधथिएन, बरु राजनीतिज्ञ हुनुको धर्म थियो । आखिर स्वप्नद्रष्टा नभई प्रगतिको शिखर चुम्नपनि त सकिन्नथ्यो नि ।
लक्ष्यमापुग्नु अघि लक्ष्य तय गर्नु सफल मान्छेको गुण नै हो । त्यसकारण उसको स्वप्नद्रष्टा व्यक्तित्वमाथिप्रश्न गर्ने कुनै ठाउँ थिएन । कसैले प्रश्न गरिहाले पनिउसका समर्थकहरू अरिङ्गालले झैँ प्रश्न गर्नेमाथिजाइलाग्थे । अरिङ्गालको डरले सबै चुपचाप भएपछि स्वप्नद्रष्टा मस्तसँग सपना देख्न थाल्यो ः
– पहाडबाट झरेकानदीमापानीजहाज दौडाउने ।
– शहरमा फिलिलिमनोरेलकुदाउने, पूर्वपश्चिमउत्तर दक्षिण रेलसञ्जालले जोड्ने ।
– अन्तरिक्षमापुग्नधनीमुलुकहरूसँग सहकार्य गर्ने ।
– विश्वमाचलेका ठूला द्वन्द्वहरू समाधान गर्न मध्यस्थकर्ताको भूमिका खेल्ने ।
– आयातभन्दानिर्यात बढी गरी आर्थिक समृद्धिको शिखरमा चढेर विश्वलाई नै चकितपारिदिने ।
– हरेक क्षेत्रमाउदाहरणीय बनी देशलाई युरोपियन मापदण्डमा पु¥याउने ।
– विकासले सिँगारेर देशलाई झिँगापुरबाट सिङ्गापुर जस्तो बनाउने ।
त्यसपछि यी सबै काम सपना पूरा गर्न उसले एउटा मनचिन्ते यन्त्रको निर्माण गर्ने योजना सुनायो । जुनयन्त्रले मनले जेजे चितायो त्यहीत्यही गरिदिन्थ्यो ।
‘वा ! क्या आइडिया ।’
उसको सबै सपना पूरा गरिदिने मनचिन्ते यन्त्रनिर्माणको कमाल आइडिया देखेर समर्थकहरू झनै प्रफुल्लितभए । उनीहरूलाई अबझनै विश्वास भयो– ‘ऊ साँच्चैको स्वप्नद्रष्टा पो रहेछ ।’
उसको योजनामा समर्थकहरूले खुसीले तालीबजाए ।
देशको जादूमयप्रगतिहुने खबर सुनेर म पनि निरपेक्ष बस्न सकिनँ । हाँसे– ‘खितखितखित !’
मेरो खितखिते हाँसोले शिखर चुम्दै थियो, तर मेरो खुसी गुमनामथियो ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
