बदला : विनोद नेपाल ( लघुकथा)
कपन अनलाइन
काठमाण्डौ ,भाद्र १४।
अँध्यारो रात र मदिराको मात !
आफ्नै शरीर धान्न गाह्रो भैरहेको थियो उसलाई ।
छामछाम छुमछुम गर्दै कहिले यो कुना कहिले उ कुना गर्दै हिँड्दा ठोक्किएर तीन बल्ड्याङ खायो । अलिबेर थन्थनाएपछि चार हात खुट्टा टेकी बल्लतल्ल उभियो ।
आक्रोशित हुँदै ढल्मलाउँदै त्यतै हेरेर भन्यो– दुनियाँ कहाँबाट कहाँ पुगिसक्यो यो हुतिहारा भने बाटो छेकेर उभिन्छ !
’यल्लाई ठिक नगरी भएन’ भन्दै अगाडि बढ्न खोजेको मात्र के थियो फेरि ढुनमुनियो ।
‘पख्, उज्यालो त होस् अनि…. !’
गन्गनाउँदा गन्गनाउँदै निदायो ।
‘उज्यालो भयो त, उठ्दैनौ ?’
झस्किँदै आवाज आएतिर दृष्टि पु¥यायो र तीन छक पर्दै भन्यो – ‘मान्छे भएको भए जान्याथेँ, बिचरो सालिकसँग के बदला लिनु ?’
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।
