शितल : खगेन्द्र बस्याल (लघुकथा)

शितल : खगेन्द्र बस्याल (लघुकथा)

कपन अनलाइन

काठमाडौं , भाद्र ७।

छोराले आफ्नी श्रीमतीको सामु बाबुलाई भन्यो, “तपाइँलाई गर्मी कति लागेको हो, चिन्ता नगर्नुहोस् भोलिदेखि तपाईं गर्मीले छट्पटीनु पर्दैन ।”
बाबुले भने, “मलाई त सङ्कै लाग्छ ।तैपनि भन कसरी मेरो गर्मी धपाउँछस् ?”
छोराले बतायो, “तपाईंकी बुहारीले भनेकी छ, बुवालाई सिलिङ र टेवुल पङ्खाले भएन, आजै बजारमा गएर ए सी जोडी दिउँ ।
बाबुले सल्लाह दिए, “पैसा खर्च नगरेर पनि मेरो गर्मी हटाउन सकिन्छ । सजिलो उपाय तर्फ कहिले पनि सोच्दैनौ । धेरै पैसा गरेर मात्रै ठूलो मान्छे भइन्छ र !”
बुहारीलाई अचम्मै लाग्यो ।यसैले पतिले सोध्नु नभ्याउँदै सोधी, “भन्नुस् त बुवा त्यो सरल उपाय ?”
उनले जवाफ दिए, “तिमीहरू आपसमा दैनिक झगडा नगर त ए सी त के मलाई यी पङ्खा नभए पनि शितल हुन्छ ।”

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।