एमालेका असन्तुष्ट जनजाति नेताको संविधान सभा पुनर्स्थापनाको माग
काठमाडौं, जेठ ३० (नागरिक)- राज्य पुनर्संरचना एकल जातीय पहिचानका आधारमा हुनुपर्ने माग राख्दै आएकाले एमाले सम्बद्ध जनजाति नेताहरुले पार्टीको स्थायी समिति बैठकमा ज्ञापनपत्र बुझाएका छन्। उनीहरुले ७ दिनका लागिमात्र भए पनि प्रतिनिधि सभा पुनर्स्थापना हुनुपर्ने माग राखेका छन्।
पार्टी उपाध्यक्ष अशोक राईले आफूहरुको एकल जातीय मागको अडान कायमै रहेको बताउँदै त्यसबारे ज्ञापनपत्रमा उल्लेख भएको जानकारी सञ्चारकर्मीलाई दिए। साथै उनले एमाले स्थायी समितिले गर्ने निर्णयका आधारमा उसले आयोजना असार ४ र ५ गते भोलाएको राष्ट्रिय भेलामा सहभागी हुने वा नहुने भन्नेबारे निर्णय लिइने जानकारी पनि गराए।
तपाइँको प्रतिक्रिया ।