भारतीय क्रिकेट टोलीका कप्तान महेन्द्रसिंह धोनी नेपाल आउने

भारतीय क्रिकेट टोलीका कप्तान महेन्द्रसिंह धोनी आगामी शनिवार काठमाडौं आउने भएका छन् । काठमाडौंस्थित भारतीय दुतावासको औपचारीक निमन्त्रणामा धोनी नेपाल आउन लागेका हुन् ।

शनिवार विहान काठमाडौं आईपुग्ने धोनीले २४ घण्टा काठमाडौंमा बिताउनेछन् ।

नेपाल भ्रमणको क्रममा धोनीले किर्तीपुर मैदानमा नेपाली अण्डर नाईन्टीन टोलीसँग केही समय बिताउनेछन् भने नेपाल क्रिकेट संघसँग अन्तरकृया समेत गर्नेछन् ।

भ्रमणकै क्रममा धोनीले हिन्दु धर्मावलम्बीहरुको आराध्यदेव पशिपथिनाथ मन्दिरको दर्शन पनि गर्नेछन् ।

एक दिवसीय तथा ट्वान्टी ट्वान्टी विश्वकप विजेता भारतीय क्रिकेट टोलीका किर्तीमानी कप्तान धोनीको नेपाल भ्रमणले नेपाली क्रिकेट खेल र खेलाडीमा निकै उर्जा थपिने क्रिकेट संघको दावी छ ।

तपाइँको प्रतिक्रिया ।