श्री नौलिन माध्यमिक विद्यालय बुढानिलकण्ठ -१३ मा विभिन्न पदमा कर्मचारी आवश्यकता ।

श्री नौलिन माध्यमिक विद्यालय बुढानिलकण्ठ -१३ मा विभिन्न पदमा कर्मचारी आवश्यकता ।

कपन अनलाइन

काठमाडौं , साउन २७ ।

बुढानीलकण्ठ–१३, टुसालस्थित श्री नौलिन माध्यमिक विद्यालयले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ। विद्यालयले २०८२ साउन २५ गतेको विद्यालय व्यवस्थापन समितिको निर्णयअनुसार विज्ञापन प्रकाशित गर्दै इच्छुक नेपाली नागरिकबाट दरखास्त आह्वान गरेको हो।

विज्ञापनअनुसार माध्यमिक तहका लागि गणित विषयको १ जना शिक्षक, १ जना ECD शिक्षक र १ जना कार्यालय सहयोगी (साधारण लेखापढ) आवश्यक छन्। गणित शिक्षकका लागि सम्बन्धित विषयमा स्नातक उत्तीर्ण, ECD शिक्षकका लागि १२ कक्षा उत्तीर्ण र कार्यालय सहयोगीका लागि सामान्य लेखापढ गर्न सक्ने योग्यता तोकिएको छ।

आवेदन शुल्क गणित शिक्षकका लागि रु ७००, ECD शिक्षकका लागि रु ५०० र कार्यालय सहयोगीका लागि रु ४०० तोकिएको छ। उमेर हद १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको हुनुपर्ने छ।

परिक्षा किसिममा लिखित, अन्तर्वार्ता र आवश्यकता अनुसार कक्षा अवलोकन हुनेछ। विज्ञापन नं. ०१ र ०२ का लागि लिखित तथा अन्तर्वार्ता दुबै हुनेछन् भने विज्ञापन नं. ०३ का लागि अन्तर्वार्ता मात्र हुनेछ।

आवेदन दिने अन्तिम मिति २०८२/०४/१९ रहेको छ भने सम्पर्क मिति २०८२/०४/२१ तोकिएको छ। परीक्षासम्बन्धी अन्य जानकारी सम्पर्क मितिमा विद्यालयबाट प्राप्त गर्न सकिने विद्यालयले जनाएको छ।

विद्यालयका प्रधानाध्यापक विष्णु काजी श्रेष्ठद्वारा हस्ताक्षरित सूचनामा इच्छुक उम्मेदवारले आवश्यक प्रमाणपत्रसहित निर्धारित समयमा आवेदन दिन आग्रह गरिएको छ।

तपाइँको प्रतिक्रिया ।