चार मुक्तक : बिसुकुमार केसी

चार मुक्तक : बिसुकुमार केसी

कपन अनलाइन
काठमाडौँ, साउन १७।
१. दृश्य
इनारमा बस्नेले यो संसार जमेको देख्छ ।
किनारमा बस्नेले यो संसार बगेको देख्छ ।
अनेक लिला अनेक चक्र चलिरहन्छ,
सिरानमा बस्नेले यो संसार घुमेको देख्छ ।
२. हतारो
जिन्दगीसंग ए विसु के छ तेरो गुनासो
अरुलाई नगद बाँडेर आफ्नो भागमा किन उधारो
जागीरबाट अवकास भइस उमेरमा पनि बूढो भइस,
के छ वितेको अझै तलाई ? किन छ सधै हतारो ।
३. पिरतीमा
कहिले रोकतोक हुन्छ
कहिले नोकझोक हुन्छ
अरे यार बुझन,
पिरतीमा सबथोक हुन्छ ।
४. तलतल
यस्तो त मलाई पलपल हुन्छ
के गर्नु के गर्नु अलमल हुन्छ
तिखारिएर आउँछ तिम्रो याद साँझमा
अनि पो रक्सिको तलतल हुन्छ ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।