विप्लव माओवादिमा बिधार्थीको जिम्मा पोखरेललाई

विप्लव माओवादिमा बिधार्थीको जिम्मा पोखरेललाई

चितवन ,१५ बिहिबार –  नेकपा माओवादी निकट अखिल (का्रन्तिकारी) को २० औ राष्ट्रिय सम्मेलन भव्यताका साथ असोज १३ गते सम्पन्न भएको छ ।“प्रतिगामी संविधान र राष्ट्रघातका विरुद्ध एकीकृत जनक्रान्तिको अभियान, जनशिक्षा र जुझारु संगठनका लागि ऐतिहासिक २० औंं राष्ट्रिय सम्मेलन ” भन्ने मुल नारा सहित यहि अशोज १२ र १३ गते चितवनको भरतपुरमा सम्पन्न भएको छ । शैक्षिक क्षेत्रमा देखिएको दलालीकारण , माफियाकारण र भ्रष्ट्रिकरणका विरुद्ध संघर्ष गर्दै , भारतीय शासक वर्गद्धारा नेपालको सर्वभौम सत्ताको विरुद्ध भएको हस्तक्षेप र आक्रमणको डटेर सामना गर्ने उद्घोष सहित सम्पन्न भयो । 12036631_905152429605544_742703016720030936_n

उक्त सम्मेलनले अध्यक्ष्यमा अशोक पोखरेल , महासचिवमा लाल बहादुर तामाङ्ग, सचिवमा राम ब. बि.क. र कोषाध्यक्षमा प्रेम खड्का सहित सदस्यहरुमा  केदार खतिवडा, नारायण नेपाल, रमेश वस्याल, गणेश रैकाल, चमार सिंह तामाङ्ग ,चिरञ्जीवी ढकाल, नवराज भट्टराई, रुद्र भट्टराई, वुद्धिलाल पुन, विमल धामी, जिपी चौलागाई, प्रमोद गिरी, विकास डंगोल, प्रकाश शाही, राजन राई, राम घलान , हरिशरण नेपाल, उपेन्द्र अधिकारी, प्रेम चन्द्र भुषाल, कमल बहादुर शाही, छवि थापा, तिर्थ वड, रण वि.क., अमित घर्ती, प्रकाश वि.क., सुरेन्द्र नेपाली, आशिष वि.क., ईश्वरी अधिकारी, के.पी.चौलागाई, हरि ढकाल, सन्तोषी भट्टराई, एकराज डाँगी, प्रकाश अधिकारी, लेखनाथ न्यौपाने, नविन के.शी., राजु दास, नवराज नेपाल, डि.वि.सिलवाल, नागेन्द्र दास, मोहन निरौला, बद्रि अधिकारी, मुकुन्द श्रेष्ठ, सरोज भण्डारी, लछुराम वि.क., मिलन राई, सुजन अधिकारी, मन कुमार कनौजिया, विरेन्द्र वि.क., माधब डि.वि., विरेन्द लोहार, हर्क वि.क., टिकाराम सुनार, पुष्प न्यौपाने, नरेन्द्र वि.क.(केयु), लंक वि.क., कलम बडुवाल, माधव डि.सि., प्रेम शाही, के.वि.मल्ल, नवराज भट्ट, कुमार बोगटी, राजकुमार लामिछाने ६५ सदस्यीय केन्द्रिय समिति चयन गरेको छ ।
12038034_905149652939155_6857131131308049316_n

चितवनमा सम्पन्न राष्ट्रिय सम्मेलन पश्चात विज्ञप्ति जारि गर्दै पोखरेलले अव राष्ट्रियता र शैक्षिक आन्दोलन लाइ घनिभुत बनाउने वताएका छन् । पूर्व अध्यक्ष सरद रसाईलीले का्रन्तिको लाल झण्डा अशोक पोखरेललाई सुम्पिदै संगठनबाट बिदा लिएका छन् ।

तपाइँको प्रतिक्रिया ।