आदिवसी को बन्दले तराइ प्रभावित
२५,जेठ चितवन -बिजयराज अधिकारी–

बन्दको प्रभाब चितवनमा पनि परेको छ । नारायणगढको पुल्चोकमा केही बन्दकर्ताहरु बन्द गर्दै हिडेको जनाईएको छ । बन्दका कारण सवारीका साधन कम मात्रामा चलेका छन् भने पुर्बि चितवनमा पनि बन्दकर्ताहरुले बाटो अबरुद्ध गरेको आदिबासी जनजाति महासघंले जनाएको छ ।
बन्दकर्ताहरुले मृतक थनेतका परिवारलाई उचित क्षतिपुर्ति पनि दिनुपर्ने माग गरेका छन् । बन्दको प्रभाब सुरु भएपछि अहिले सवारी साधन सडकमै रोकिएका छन् भने यात्रु अलपत्र परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
तपाइँको प्रतिक्रिया ।