बुढानिलकण्ठको राजनीतिमा पुर्व रास्ट्रपति विध्यादेवी भन्डारीको अर्थपुर्ण `इन्ट्री´
कपन अनलाइन
काठमाडौं,असार ३२।
बुढानिलकण्ठ नगरपालिकाको राजनीतिमा पुर्व रास्ट्रपति विध्यादेवी भन्डारीको अर्थपुर्ण प्रवेश भएको छ।
बुढानिलकण्ठ नगरपालिकाको वार्षिक योजना तथा कार्यक्रम सार्वजनिक कार्यक्रमको प्रमुख अतिथिका रूपमा पुर्व रास्ट्रपति भन्डारी उपस्थित भएकी छन।
नगरपालिकाको नगर सभाले पारित गरेको बजेट तथा कार्यक्रम सार्वजनिक कार्यक्रममा प्रमुख अतिथि भन्डारी बुढानिलकण्ठ नगरपालिका वडा -२ कि बासिन्दा हुन।
उक्त कार्यक्रममा बोल्दै उनले आफू यहि नगरपालिकाको स्थायी बासिन्दा भएकोले जुन सुकै किसिमको सहयोग र भुमिका निर्वाह गर्न तयार रहेको बताएकी छन।
लामो समय नगरपालिकाका ८ वटा वडा रहेका काठमाडौं क्षेत्र -४ मा राजनीति गर्दै देशको रास्ट्रपति बनेकी भन्डारीकोले पार्टी राजनीतिमा प्रवेश गर्ने घोषणा गरे संगै बुढानिलकण्ठको कार्यक्रममा उनको सहभागीतालाई निकै अर्थपुर्ण रूपमा हेरिएको छ।
नेकपा एमालेको राजनीतिमा केपी ओलि र विध्यादेवी भन्डारी विच धुर्विकरण भएको खण्डमा बुढानिलकण्ठको राजनीतिमा रहरले, करले वा डरले ओलि समर्थक शुन्य बन्ने अवस्था बन्ने चर्चा स्थानीय स्तरमा चलिरहेको समयमा भन्डारीको औपचारिक कार्यक्रममा प्रवेशले ठुलो अर्थ राख्ने जानकारहरु बताउछन।
अहिले बुढानिलकण्ठमा नेकपा एमालेका नेता तथा कार्यकर्ताहरु भन्डारीका विषयमा संचार माध्यम तथा सामाजिक संजालमा आएका सामाग्रीहरु शेयर गर्न तछाड मछाड गरेको देखिन्छ भने उनको घर धाउने क्रम पनि निकै बढेको छ।
