सबैभन्दा धेरै कर संकलन ग्क्र्ने वडा बन्यो बुढानिलकण्ठ -८, पुर्व रास्ट्रपतिद्वारा सम्मान
कपन अनलाइन
काठमाडौं, असार ३२।
बुढानिलकण्ठ नगरपालिका वडा -८ ले गत आर्थिक वर्षमा सबैभन्दा धेरै कर संकलन गरेर सम्मानित भएको छ।
बुढानिलकण्ठ नगरपालिकाको बार्षिक नगर विकास योजना सार्वजनिक गरिने कार्यक्रममा सबैभन्दा बढी कर संकलन गर्ने वडाका रूपमा वडा -८ लाई चादीको पदक सहित सम्मान गरिएको हो।
२०८२ असार मसान्तसम्म करिव ५ करोड २० लाख कर संकलन गर्न सफल वडा-८ का अध्यक्ष सुमन तामाङ सहित जनप्रतिनिधिहरुलाई कार्यक्रमका प्रमुख अतिथि पुर्व रास्ट्रपति विध्या देवी भन्डारीले पदक तथा मालाले सम्मान गरेकी थिइन।
बुढानिलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारीको अध्यक्षतामा भएको सो अवसरमा उपप्रमुख अनिता लामाले स्वागत मन्तव्य राखेकी थिइन भने प्रवक्ता नवराज भट्टराईले कार्यक्रम संचालन गरेका थिए ।
तपाइँको प्रतिक्रिया ।
