अनेम संघ बुढानिलकण्ठ -११ को आयोजनामा वृक्षारोपण कार्यक्रम हुने

अनेम संघ बुढानिलकण्ठ -११ को आयोजनामा वृक्षारोपण कार्यक्रम हुने

कपन अनलाइन

काठमाडौं, असार ३२।

अखिल नेपाल महिला संघ बू.न.पा.-११ नं. वडा समिति, कपनको आयोजनामा जननेता कमरेड मदन भण्डारीको ७४औँ जन्मदिनको स्मृतिमा वृक्षारोपण कार्यक्रम हुने  भएको छ।

२०७९ साउन १ गते बिहीबार बिहान ७:०० बजे सुरु हुने  उक्त कार्यक्रम कपनस्थित झन्डा  पार्कमा हुनेछ । “समृद्ध नेपाल, सुखी नेपाली हाम्रो अभियान; समान सहभागिताका लागि सशक्त संगठन” भन्ने नाराका साथ आयोजित उक्त कार्यक्रममा सहभागिताका लागि आयोजकले अनुरोध गरेको छ ।

कार्यक्रमको उद्देश्य वातावरण संरक्षण तथा हरियाली प्रवर्द्धन गर्नुका साथै जननेता मदन भण्डारीप्रति सम्मान प्रकट गर्नु रहेको आयोजकले जनाएका छन्।

तपाइँको प्रतिक्रिया ।