गजल : बालकृष्ण गजुरेल
कपन अनलाइन
काठमाण्डौ ,असार २५।
न्यायले अपराध गरे न्याय मर्छ,
त्यसैले सिंहासन सधैं तल झर्छ ।
देश बन्न भूगोलले मात्र पुग्दैन,
राज गर्ने कलाले भरोसा गर्छ।
म दण्डहिन छायाँमा उभि रहँदा,
सत्य खोज्ने प्रहरी अन्धो पर्छ।
प्रहरी कसलाई पहरा दिँदै छ भन,
जसलाई दिन्छ उही अपराध गर्छ ।
कोट लाउने बाटै कोट अपमान,
पवित्र थालीले पनि आँखा तर्छ ।
तपाइँको प्रतिक्रिया ।