गोकर्णेश्वरका प्रा.डा. दीपक अर्याल त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा नियुक्त
कपन अनलाइन
काठमाण्डौ ,असार २५।
गोकर्णेश्वर नगरपालिका वडा नं ५ जोरपाटीमा जन्मिएका प्रा.डा. दीपक अर्याल त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा नियुक्त भएका छन्।
उपकुलपतिका लागि सिफारिस भएकामध्येबाट प्रधानमन्त्री केपी शर्मा ओलीले अर्याललाई उपकुलपतिमा नियुक्त गरेका हुन्। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तको संयोजकत्वको गठित सिफारिस समितिले यही असार २३ गते प्रधानमन्त्री एवं कुलपति ओलीसमक्ष उपकुलपतिका लागि तीन जनाको नाम सिफारिस गरेको थियो ।
समितिले वर्णानुक्रमअनुसार हालका निमित्त उपकुलपति प्रा. डा. खड्ग केसी, त्रिविको विज्ञान सङ्कायका पूर्वडीन प्रा डा विनिल अर्याल र जल तथा मौसम केन्द्रीय विभागका पूर्वप्रमुख डा दीपक अर्याललाई सिफारिस गरेको थियो ।
नास्टका प्राज्ञ समेत रहेका डा.अर्यालले सन् १९९५ देखि हाल सम्म भैरव पुरस्कार गुठिको सदस्यमा रहेर योगदान पुर्याउदै आएका छन भने सर २०१८ देखि हाल सम्म युरोपियन जिओ साइन्स सोसाइटीका सदस्यका रुपमा क्रियाशील रहेका छन
जापानको नायोगा विश्वविद्यालयबाट Atmosphere Science मा एम एस्सी गरेका अर्याल सन् १९९५ देखि त्रिभुवन विश्वविधालयमा कार्यरत रहेका छन।
