प्रथम बुढानीलकण्ठ भिडियो प्रतियोगिता २०८२ सम्पन्न , को को बने विजेता ?

प्रथम बुढानीलकण्ठ भिडियो प्रतियोगिता २०८२ सम्पन्न , को को बने विजेता ?

कपन अनलाइन

काठमाण्डौ ,असार २५।

प्रथम बुढानीलकण्ठ भिडियो प्रतियोगिता २०८२ सम्पन्न भएको छ।

बुढानिलकण्ठ नगरपालिकाको पर्यटन प्रवर्धन र विकासका विविध आयामहरुलाई समेटेर तयार गरिएका भिडियोहरु मध्ये तिन वटा भिडियोहरु नगद पुरस्कार सहित पुरस्कृत भएका थिए।

“आहा बुढानिलकण्ठ” नामकरण गरिएको उक्त प्रतियोगीतामा वडा नं २ का  सन्तोष पाण्डे प्रथम भएका थिए भने वडा नं ९ की विजया पोखरेल दितीय र वडा नं ३ का गौरव पौडेल तृतीय भएका थिए।

सो प्रतियोगितामा प्रथम हुनेले ७५ हजार, दितीय हुनेले ३० हजार र तृतीय हुनेले १५ हजार नगर पुरस्कार सहित प्रमाण पत्र प्राप्त गरेको बुढानिलकण्ठ पर्यटन बोर्डका अध्यक्ष अर्जुन पाण्डेले जानकारी दिएका छन।

उक्त प्रतियोगिताको पुरस्कार वितरण समारोहमा नगर प्रमुख मिठाराम अधिकारी, उपप्रमुख अनिता लामा, प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौला, नगर प्रवक्ता नवराज भट्टराई लगायतको उपस्थिति रहेको थियो।

तपाइँको प्रतिक्रिया ।