मेरो हजुर शोककाव्य : अरुणबहादुर खत्री ‘नदी’ (कृति समीक्षा)

मेरो हजुर शोककाव्य : अरुणबहादुर खत्री ‘नदी’ (कृति समीक्षा)

कपन अनलाइन

काठमाडौं,असार २१ ।

साहित्यकार रेणुका भट्टराई मञ्जरीले लेखेको मेरो हजुर नामक शोक काव्य २०८१ मा प्रकाशित भएको छ । यसभित्र मञ्जरीले लेखेको काठमाडौंमा हाम्रो भेट, विवाह, जीवनमा भुकम्प गयो, मिर्गौला फेलको रिपोर्ट लगायत विभिन्न शीर्षकका १० वटा झ्याउरे छन्दमा लेखिएको कविताहरू राखिएका छन् । प्रस्तुत मेरो हजुर काव्य उनको झ्याउरे लोकलयमा लेखिएको मञ्जरी पछिको दोस्रो काव्य कृति हो । पतिवियोगमा लेखिएको यो उनको करुण रसाभिमुख शोककाव्य हो ।
आफ्ना साहित्यकार एवं पत्रकार पति बी.के. पाल्पालीको मृगौला रोगका कारण ४७ वर्षकै उमेरमा २०७८ फागुन १७ गते असामयिक निधन भएपछि एकल बनेकी रेणुकाले यसभित्र पतिवियोगका कारण भोग्नुपरेका ब्यथा, पीडा र मर्मलाई काव्यात्मक रुपमा प्रस्तुत गरेकी छिन् ।
काठमाडौंमा हाम्रो भेट शीर्षकको पहिलो काव्यमा जन्म र मृत्यु सृष्टिको चक्र स्वीकार गर्दैछु मान्छेको  चोला जिन्दगी होला कर्मले भर्दैछु भनेर लेखेकी छिन् । साहित्य बाटो दोबाटो बीच भेटियौ कसरी ? सिर्जना भित्र मायाको डोरी कसियो बेसरी भनेर उनले पतिलाई सम्झेर लेखेकी छिन् ।
विवाह शीर्षकको काव्यमा साहित्य क्षेत्र सेवामा जोडी दिनकै खटेको स्रष्टाका नयाँ कृतिका लालि सहयोग गरेको भनेर आफ्नो भावना पोखेकी छिन् । जीवनमा भुकम्प गयो शीर्षकको काव्यमा विश्वास किन गर्दैनन् मेरो फरक पर्दैन ? भान्दैथे आफैँ बुझेर केही अनिष्ठ गर्दैन सँगैको साथी थिए नि भिम दूतका रुपमा हुदैन सर ! आँखाको कुरा जाँऊन डाक्टरमा भनेर लेखेकी छिन् ।
मिर्गौला फेलको रिपोर्ट शीर्षकभित्र नजिकै गई बिरामीसँग केही भन्न सकिन आँखाको आँसु आँखामै राखे खस्ननै दिइन भनेर उनले भोगेकी छिन् । उपचार अभियान शुरु शीर्षकको काव्यभित्र सोचेर धेरै विचार गरि बचाइ छोड्ने छु भनेर प्रण गरेर मैले साथीलाई पुकारँे भन्दै पत्रकार साथी हृदय माथि हात नै बढाएँकी छिन् ।
नेपालमा भुकम्प गएको शीर्षकको काव्यमा गरिब र धनी समान पारी त्यो कष्ट पाएको धर्तीको छाती सिरानी बनि जीवन बुझेको भनेर लेखेकी छिन् । कोरोना आयो शीर्षकभित्र पुसको जाडो विरामी पति त्यो शिशु जोगाई आगोको राँको बालेर कति दुबैलाई सेकाई भनेर लेखेकी छिन् ।
साहित्यकार तथा पत्रकार मञ्जरीका श्रीमान् बी.के. पाल्पाली अल्पायू ४७ वर्षको उमेरमा दुबै मिर्गौला फेल भई लामो समय उपचारमा बसेर करिब ९ वर्षको कष्टकर जीवनमा बाँच्नु भएको रहेछ ।
म विरामी परेँ शीर्षकको काव्यमा महिना दुई दुःख र कष्ट असाध्यै खपेर छोडेर जाने आएछ दिन एकलो पारेर आफूले दुःख कष्ट भोग्नु पर्दाको पीडा कोरेकी छिन् । उहाँको अन्तिम यात्रा शीर्षकको अन्तिम काव्यमा फागुन १७ शिवरात्रीको रात गएको कठिन यात्रा जीवनी दृष्य सबै नै रहेको भनेर आफ्नो पतिले संसारै छाडेर जाँदाको समयलाई पीडामा कोरेकी छिन् ।
कृतिः मेरो हजुर
विधाः शोककाव्य (झ्याउरे छन्द)
लेखकः रेणुका भट्टराई मञ्जरी
प्रकाशकः काव्य घर नेपाल मिडिया प्रा.लि., काठमाडौं
प्रकाशनः २०८१ फागुन १७ गते
मूल्यः रु.१०५।–
पृष्ठः ३९
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।