मर्म : गणेश लम्साल (लघुकथा)
कपन अनलाइन
काठमाडौं,असार २१ ।
ओ हो साथी ! के छ तिम्रो हालखबर ? एस एल सि दिएको करिब बाह्र बर्षपछि भेट भएको परम मित्र भरतलाई दिनेशले खुशी व्यक्त गर्दै भन्यो।
“ठिकै छ यार ! तिम्रो नि ?” भरत त्यति उत्साहित देखिन्नथ्यो ।
“किन, त्यति खुसी देखिन्नौ नि ? तिमी त सधैं स्मार्ट रहने, हंसी मजाक गर्ने बडो फुर्तिलो स्वभावका थियौ । अलि उदास देखिन्छौ त !”
“खै के के ! आजकल फुर्ती हराएको छ मेरो ! पढन त धेरै पढियो, पढे अनुसारको इलम पनि छ मेरो । तै पनि आजकल केही नजान्ने जस्तो भा छु !”
“कसरी त्यस्तो भयौ त ?”
“राम्ररी लुगा लगाउन पनि जान्दिनँ । टाइ बांध्न पनि आउंदैन । मान्छे भएका बेला राम्रोसँग भाका मिलाएर कुरा गर्न पनि जान्दिनँ । कुनै कुरामा हासें भने अट्टहास हुन्छ । हांस्न पनि जान्दिनँ । सामान किन्न गएं भने मोलमोलाई गर्न जान्दिनँ । एक काम ग¥यो, दस काम बिग्रन्छ्न । ढंग पु¥याएर काम गर्न पनि जान्दिनँ । चुप लागेर बस्न पनि जान्दिनँ । चुप नलागेर बस्न पनि जान्दिनँ । बास्तवमा दिनेश, म आजकल केही पनि जान्दिनँ के भो के भो मलाइ त ?”
“बिहे ग¥यौ कि के हो ?” रमशले भन्यो ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
