गजल : उज्ज्वल जी.सी.

गजल : उज्ज्वल जी.सी.

कपन अनलाइन

काठमाडौं,असार २१ ।

ऑखाको तीरले कसरी ढालेछ मलाई
पीडाको झिल्कोले जिउ‘ंदै बालेछ मलाई ।

रहेछ कस्तो यो वैंसको मौसम हजुर
कसैको स्पर्शले दिनमै गालेछ मलाई ।

कहिले भेटिने हो स्नेहको मुहान अब
घृणाको हुरीले नालीमा फालेछ मलाई ।

भाग्यको शिखर चढ्दै के थिए‘ं अचेल
शनिको दशाले दुःखमा हालेछ मलाई ।

न थिए मनमा स्वार्थका काला लिप्साहरू
एकाएक मित्रले कुदृष्टि चालेछ मलाई ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।