गजल : भुवन गाउँले
कपन अनलाइन
काठमाडौं,असार २१ ।
ऊ तिम्रै दिलमा छ तिम्रो दिलबाट अन्त सरेको छैन ।
फुल झर्छ ओइलिएर आजसम्म कोपिला झरेको छैन ।
दुःख गरियो होला पसिनासँग सम्पत्ति साट्नका लागि
आफ्नो पेट पाल्नका लागि मातृभूमि रुवाउने गरेको छैन ।
एकदिन सुध्रेला जीवन आजसम्म मेहनत गर्दैछौँ हामी
काम नलाग्ने भनेर कसैले हामी लाई आँखा तरेको छैन ।
हामी विकास चाहन्छौं शान्ति र सुशासन चाहन्छौं देशमा
हामी सहिद हुन तयार छौं कसैका सामु लम्पसार परेको छैन ।
गुमनाम भयो होला । कुनै दिन देखिएन होला गाउँघरमा
बाध्यताले हराएको फर्कन्छ एकदिन यो गाउँले मरेको छैन ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।
