कमल थापा भन्छन : अब राजसंस्था फर्कन्छ

२५ जेठ, काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुकको पछिल्लो अवस्था राजसंस्था फर्काउने उपयुक्त अवसर भएको बताउनु भएको छ ।

रिपोर्टर्स क्लब नेपालले विहीबार आयोजना गरेको साक्षात्कारमा थापाले संविधानसभाको विघटनपछि संविधानसभाको पहिलो बैठकदेखि जेठ १४ गतेसम्मका सबै निर्णय शुन्य भइसकेकोले बैद्यानिक रुपमा मुलुकमा राजसंस्था फर्किसकेको दावी गर्नुभयो । उहाँले भन्नुभयो-’संविधानसभा नै बिघटन भईसकेपछि त्यसको पहिलो बैठक देखि अहिलेसम्म भएका सबै निर्णय शुन्य भईसके । संविधानसभाको पहिलो बैठकले राजसंस्थाको अन्त्य र गणतन्त्रको स्थापनाको निर्णय गरेकोले त्यो निर्णय पनि संविधानसभाको अवसानसँगै समाप्त भयो ।’

पूर्व राजा ज्ञानेन्द्रले मुलुकको पछिल्लो अवस्थाको गम्भीरतापूर्वक अध्ययन गरिरहेको भन्दै उहाँले ज्ञानेन्द्रले जनताको भावनाको पर्खाईमा बताउनु भयो । संवैधानिक र राजनैतिक कुनै पनि आधारमा संविधानसभा अब पुनःस्थापना हुन नसक्ने भन्दै उहाँले त्यसो गरिए अप्रजातान्त्रिक र जनविरोधी काम हुने बताउनु भयो । उहाँले भन्नुभयो-’संविधानसभाको पुर्नस्थापनाको कारण फेरि जागिर खाने बाहेक केही पनि हुन सक्दैन । राष्ट्रपतिले पनि पुर्नस्थापना गर्न सक्दैनन ।’

काग्रेस र एमालेले मुलुकमा सर्वसत्ताबादको डर देखाएर प्रजातन्त्रको खोलमा फेरि अर्को अधिनायकबाद लाद्न गुटबन्दी गरेको दावी गर्दै थापाले राजासहितको प्रजातन्त्रको जगमा मात्रै सर्वसत्ताबादलाई पराजित गर्न सकिने बताउनु भयो ।

प्रधानमन्त्री डा. बाबुराम भट्टराईको नेतृत्वमा निष्पक्ष, स्वतन्त्र र भयरहित निर्वाचन हुनै नसक्ने ठोकुवा गर्दै अध्यक्ष थापाले सर्वोच्च अदालतका बहालबाला वा पूर्व प्रधानन्यायाधिसको नेतृत्वमा चुनावी सरकार गठन गर्न माग गर्नुभयो

तपाइँको प्रतिक्रिया ।